नहार्नु जिन्दगीसॅंग

भोक खाएर अघाउनु
प्यास पिएर हृदय भिजाउनु 
सडक ओछ्याएर सुत्नु
आकाश ओडेर निदाउनु
आँखाभरीका गह्रौँ सपनाहरूलाई
जुत्ता बनाएर
रहरका तुनाहरुले कस्दै
कच्याक कुचुक कुल्चनु 
र हिँडिरहनु यावत अप्ठ्याराहरु 
तर 
नरोकिनु यात्राहरुमा
नहार्नु जिन्दगीसँग 
जिन्दगीमा सबैभन्दा महत्वपूर्ण जिन्दगी हुन्छ ।

Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !

शीर्षक-पहाड