शीर्षक-पहाड

पहाड
 
दृढ विस्वास
अदम्य साहस बोकेर
सदियौंदेखी अविचल उभिएको
पहाडको छातिमा उम्रीएकी हुँ
 
आओ हावाहरु हो आओ 
कति आउँछौँ आओ
हुरी बनेर या हुन्डरी बनेर आओ
तर सक्नेछैनौ मेरा पैतालाहरु डगमगाउन
मेरा यात्राहरु खलबलाउन
बरु यि स्वाभिमानी छातिमा 
जब ठोक्किनेछन तिम्रा प्रहारका झोक्काहरु
हठात फर्केनेछौ तिमी 
जसरी फर्कन्छ 
मेरी छोरीले ऎनामा 
कैद गरेको सूर्य ।

Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !