शीर्षक-मनभित्रको मान्छे !

शीर्षक-मनभित्रको मान्छे !

 मेरो मनभित्रको मान्छे !
तिमीलाई सम्झन मलाई कुनै एकान्त चाहिदैँन
तिमीलाई देख्न मैले आँखा खोल्नुपर्दैन
तिमी  आभा हौ
त्यो घामको
जो बादल भित्र लुकेर पनि 
उज्यालोको कमी हुन्न दिन्नौँ 

जब छाम्छु तिम्रो हृदयको ढुकढुकी 
 छु भनेर ढुक्क रहन्छु 
जब पाउँछु तिम्रो स्पर्श 
धपक्कै बलेर सिध्याउँदै स्वयंलाई 
मैन झैँ पग्लिरहन्छु 
जब हराउँछु  यो दुनियासँग या आफैसँग 
तब तिमीभित्र भेटिन्छु 
तिमीभित्र 



Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !

शीर्षक-पहाड