सुर्यको प्रथम लाली बोकेर फेवातालको गर्भमा मुस्कुराइरहेको हुँदो हो माछापुच्छ्रे ! त्यही माछापुच्छ्रेको आँगनीमा हामी हाम्रो जीवनको मुस्कान कुरिरहेका थियौं । २०६८ जेठ ७ गते बिहान १०:११ मा हाम्रो जीवनको उज्यालो बोकेर साहरा धरतीमा पदार्पण भइन । च्याँ च्याँ रोएको आवाज त पेन किल्लर पो हुँदोरहेछ । कति सहजै १८ घन्टा लामो असह्य प्रसव व्यथा चट्टै भयो । आफ्नै शरीरबाट निस्किएको ,आफ्नै रगतले लतपतिएको ,आफ्नै मासुको टुक्राको ढुक्ढुकीलाई आफ्नै छातीमा लपक्क टाँसेपछिको आनन्द शब्दमा वर्णन हुँदैन । अहो ! ती कोमल अंगहरुलाई नबिझाओस भनेर बिस्तारै सुमसुमाउँदै त्यो सानो निधारभरी सिङ्गो धरतीको माया बर्साउँदाको सुखानुभुती खै कुन वाक्यभित्र समेटिएला र ! भलै खुट्टाहरु भुँई टेकेर उभिन असमर्थ हुन ।आमा मन भने सन्तानलाई सुरक्षित धर्तीमा ल्याइसकेपछी युद्ध जितेको सिपाहीको मुस्कान बोकेर सिङ्गो संसार परिक्रमा गर्दो रहेछ । म अब आमा ? जीवनमा एकसाथ गौरवान्वित , रोमान्चित ,अचम्मित र जिम्मेवारी बोधको मिश्रण । कति सुन्दर ! इन्द्रेणी जस्तै । ट्याक्सीको अगाडिको सिट्मा...
Comments
Post a Comment