शीर्षक-तस्विरको मान्छे

शीर्षक-तस्विरको मान्छे

पटक पटक झुम्मिरहन्छु  तिम्रो तस्वीर वरिपरि
जसरी झुम्मिरहन्छ बत्तीको उज्यालो वरिपरि पुतली 

अन्धकार सुनसान रातमा
खुब गिज्जिन्छु तिम्रो तस्वीरसँग,
चस्माको फ्रेम भित्रका
ती निश्चलआँखाहरु
 माल्दिभिरको दह जस्तै लाग्छ 
 बेबाक पौडिरहन्छु पौडिरहन्छु 
तिम्रो बढिरहेको स्वास
 ठ्याक्कै  
 हावाले काउकुती लगाएर गएपछिको
बैँसको पात जस्तै लाग्छ 
जो पोखरी छेवैमा उभिएर 
खुब सुस्याइरहन्छ ,
  त्यो पातलाई अझै गिज्याइदिन्छु।

घरीघरी ललिपप बन्छु,
तिम्रो मुखभित्र पसेर एकछिन जिब्रोमाथी बसिरहन्छु 
घरी तिम्रो गालाको  खोपिल्टो भरी पोखिन्छु 
औँलाहरुले बिस्तारै सुमसुमाउँछ्न
विशाल छातिको जंगललाई 
परपर पुगेपछि 
साउनमा मुल बनेर पानी निस्किएको पाटन झैँ 
भुक्लु भुक्लु उम्लिरहेझैँ लाग्छ तिम्रो धड्कन 
कान नजिकै लगेर सुन्छु ,टाँसिएरै सुन्छु 
 मेरै हृदय पुकारेजस्तो लाग्छ 
तृप्तीको अनौठो नशा बोकेर 
पटक पटक झुम्मिरहन्छु  तिम्रो तस्वीर वरिपरि
जसरी झुम्मिरहन्छ बत्तीको उज्यालो वरिपरि पुतली
तर मलाई  पुतलीको  नियती मान्य छैन 
 तस्वीरको मान्छे !
तिमी कहिले आउँछौ ?
यी दुई आँखाबाट झरेका दानाहरु
टपक्क टिपेर 
भराेसाकाे प्रेमशुत्रले
मेराे हृदयलाई बाँधिदिदैँ
कहिले भनिदिन्छाै ?
अब देखि तिम्रो जिन्दगी उज्यालो भयो !

Comments

Popular posts from this blog

हाम्रा विद्यालय राम्रा विद्यालय बनाउनु छ ?

मातृत्वको असिम आनन्द !

शीर्षक-पहाड